श्रीकृष्णको महिमाबारे थाहा नभएका सायद कमै होलान्, भगवान विष्णु आठौँ अवतार कृष्णको रुपमा आएको कथा सुनिँदै आएको छ । कृष्ण आफ्नो मृत्युको भविष्यवाणीदेखि परिचित थिए, जुन अनुसार उनकै बहिनी देवकीको आठौँ सन्तान नै उनको काल बन्नेछ ।
श्रीमद भागवतका अनुसार, जब भगवान कृष्ण कुरुक्षेत्रतर्फ गइरहेका थिए, तब अन्तिम पटक उनी आफ्नो धात्रेय माता–पिता नंद र यशोदासँग भेट्न गए । त्यस दिन पूर्ण सूर्य ग्रहण लागेको थियो र धेरैजसो मानिसले कुरुक्षेत्रको छेउमा रहेको एक तीर्थस्थल सामंत पञ्चकको दर्शन गर्न गइरहेका थिए ।
यसै यात्राका क्रममा नै भगवान कृष्ण, वासुदेव र देवकीको भेट यशोदा र नंद बाबासँग भएको थियो, जसलाई एक भावुक पुर्नमिलन पनि भन्ने गरिन्छ । जब भगवान कृष्ण यशोदा मातालाई भेट्न पुगे, यशोदा आफ्नो मृत्युशैयामा लडिरहेकी थिइन र अन्तिम श्वास गनिरहेकी थिइन् । यसैबेला यशोदाले कृष्णलाई आजसम्म एक कुराको पछुतो रहेको बताए, जसलाई उनले कसैलाई भन्न सकिनन् ।
यशोदाले भनिन्, भगवान कृष्ण अर्थात् काख लिएको पुत्रको विवाहको साक्षी बन्न नपाएको ठूलो पछुतो छ ।’ र कृष्णले यशोदालाई अर्को जन्ममा यो उनको इच्छालाई अवश्य पूरा गर्ने वचन दिए । पौराणिक कथाहरुमा भनिन्छ, यशोदाको अर्को जन्म वकुलादेवीको रुपमा भएको थियो, जो भगवान वेंकटेश्वर (श्रीकृष्ण)को विवाहमा सहभागी भएकी थिइन् । यसरी कृष्णले यशोदाको इच्छा पुरा गरेका थिए ।
चिनियाँ राजदूतले प्रधानमन्त्री भेटिन् (अन्नपूर्ण): नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेकी छन्। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनिया…Read More
कम्युनिस्ट एकताको राजनीतिक तहल्का प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गत साता मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी गठबन्धनका साथै एउटै कम्युनिस्ट पार्टी बनाउ…Read More
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिकादुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्…Read More