: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा पहिलो पटक निर्वाचन विधि मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी भएपछि विद्यार्थीको भन्दा नेताहरुको अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ ।
अध्यक्षमा तीन जना प्रतिस्पर्धी देखिएका छन् । अनिल शर्मा, रन्जित तामाङ र मदन अर्याल । तिनै जनालाई पार्टीका माथिल्लो तहका शीर्ष नेताहरुले नै ढाढस देखाएका कारण सहमतीय प्रयास विफल भएर चुनावी प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धी मध्ये शर्मा गृहमन्त्री जर्नादन शर्माका सहोदर भाई हुन भने तामाङलाई पूर्व अर्थमन्त्री वर्षमान पुन तथा अर्याललाई नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको साथ रहेको देखिन्छ । पार्टी केन्द्रले नेताहरुलाई विद्यार्थीको नेतृत्व चयनमा हस्तक्षेप नगर्न र कसैका पक्षमा लविङ नगर्न निर्देशन दिएपनि शीर्ष नेताहरु नै आफनो पक्षका विद्यार्थीलाई जिताउन चुनावी समिकरणमा तालमेल मिलाउने देखि उम्मेदवार छनौटसम्मै हावी हुन पुगेका छन् । सम्मेलन उदघाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरुलाई प्रतिस्पर्धी विद्यार्थीलाई स्वतन्त्र छोडिदिन भन्दै लविङ गरे कारवाही गर्ने सम्मको चेतावनी दिएका थिए ।
तर दाहालको त्यस्तो निर्देशन उम्मेदवार मनोनयनको क्रमसम्म आईपुग्दा नेताहरुले नै उल्लंघन गरेका छन् । नेताहरु वर्षमान पुन, जर्नादन शर्मा, शक्ति वस्नेत लगायतका नेताहरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा आफना समुहका विद्यार्थीलाई जिताउन सक्रियता पूर्वक खटेका छन् ।
निर्वाचनमा गृहमन्त्री जर्नादन शर्मा समुह र उनी विरुद्धको समुहका रुपमा सम्मेलनस्थलमा प्रत्यक्ष देखिन पुगेको छ । नेताहरु आफै प्रत्यक्ष÷अप्रत्यक्ष नेतृत्व चयनमा हावी भएपछि विद्यार्थीहरु भने सम्मेलन नाममा विद्यार्थीको भए पनि प्रतिस्पर्धा भने पार्टीका नेताहरुको वीचमा भएको वताउन थालेका छन् । माओवादीभित्र पहिल्यैदेखि देखिदै आएको रोल्पा र रुकुमको अस्वस्थ्य प्रतिस्पर्धा अहिले विद्यार्थी सम्मेलनमा दोहोरिएको टिप्पणीसम्म पनि विद्यार्थी माझमा हुन थालेको छ । क्रान्तिकारीको चुनाव अहिले गृहमन्त्री जर्नादन शर्मा प्रभाकर र पूर्व अर्थमन्त्री समेत रहेका नेता वर्षमान पुन अनन्तकै वीचमा भएको विधार्थीहरु वताउन थालेका छन् ।
सोमबार विहानैवाट निर्वाचनमा धकेलिनुमा पार्टी नेताहरुकै अस्वस्थ प्रतिस्पर्धा मुल कारण रहेको वताइन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित शीर्ष नेताहरुको आइतबार साझ वसेको वैठकले विद्यार्थी नेताहरुलाई चुनावमा भन्दा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्ने निर्णयमा पुगेका थिए । सोही अनुसार दाहालले आफनै निवास लाजिम्पाटमा अध्यक्षका दावी गरिरहेका रामचन्द्र अधिकारी, विरेन्द्र वस्नेत,मदन आर्याल, रन्जित तामाङ र अनिल शर्मालाई वोलाई छलफल गरेका थिए । उक्त छलफलमा तामाङ वाहेक अन्य नेताहरुले शर्मालाई समर्थन गरेर जान सकिने वताएपछि दाहालले तामाङलाई पनि सहमतिमा आउन आग्रह गरेका थिए । तर तामाङले एक रात आफुलाई सोच्न दिन अध्यक्ष दाहालसँग समय माग गरेर हिडेका थिए ।
सोमबार विहान तामाङ आफु निर्वाचनमा जाने सूचना लिएर दाहाल कहाँ पुगे । त्यसपछि क्रान्तिकारी विद्यार्थीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । स्रोतका अनुसार, तामाङ सहित निर्वतमान अध्यक्ष नरेन्द्र न्यौपाने, पूर्व अध्यक्ष रमेश मल्ल लगायतका नेताहरुलाई आइतबार साझ नै नेता वर्षमान पुनले बोलाई निर्वाचनमा जान ‘प्रेसर’ वढाएपछि विद्यार्थीहरु चुनावमा जान लागेका हुन् । उता गृहमन्त्री शर्मा पनि आफना भाई अनिललाई निर्वाचन जिताउन समिकरण मिलाउन आफै लागेका छन् । उनले विद्यार्थीमा रहेका रामवहादुर थापा वादलको समुहलाई मिलाउन निकै कसरत गरेको देखिन्छ ।
क्रान्तिकारीको सम्मेलनवाट ३३ पदाधिकारी सहित २४३ सदस्यीय नया केन्द्रीय समिति चयन हुनेछ । निर्वाचन मंगलवार गर्ने तयारी निर्वाचन समितिले गरेको छ । अध्यक्षका प्रत्यासी मध्ये तामाङले संगठनलाई गतिशिल वनाउन र नेतृत्व प्रतिनिधिवाटै चुन्ने ब्यवस्था गराउनका लागि आफुले निर्वाचनमा जाने निर्णय लिएको वताए । शर्माले संगठनमा आफु अन्य प्रतिस्पर्धी भन्दा बरिष्ठ भएको र विधि अनुसार संगठन चलाउन आफुले उम्मेदवारी दिएको वताए । अर्का प्रत्याशी अर्यालले भने संगठनभित्र उमेर हद लागु गराउन आफुले उम्मेदवारी दिएको वताए । उपाध्यक्षमा दीपक देवकोटा र दिपेश पुन लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
जसले आँखै अगाडि शरद गौचन ढलेको देखे…२३ असोज, काठमाडौं । भरत रम्तेलको मोटरसाइकल वर्कशप छ, नयाँ बानेश्वरको शान्तिनगर चोकनजिकै प्रयागमार्ग चोकमा । उनी सोमबार अपरान्ह आफ्नै युआर मोटरसाइकल वर…Read More