नेपालीले बाँध काटेपछि भारतले नहरमा रोक्यो पानी, बिजुली उत्पादनमा हानी

भिडियो सहित हेर्नुहोस !
Advertisement


(नवलपरासी) : डुबानमा परेको भन्दै स्थानीयले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ । पानी नभएका कारण अहिले गण्डक जलविद्युत गृहको विद्युत उत्पादन ठप्प छ ।
भारतीय पक्षले नहरमा निर्माण गरिएका साईफन र स्थानीय खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका वडा नं. १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका हुन् । जसका कारण भारतले उक्त नहरमा पानी बन्द गरेको हो ।
पश्चिम नहरबाट गएको पानीले गुठिसूर्यपुरामा रहेको गण्डक जलविद्युत गृहमा विद्युत उत्पादन हुने गर्दछ । १५ मेगावार्ट विद्युत उत्पादन हुने गृहमा अहिले ७ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । विद्युत उत्पादनसहित नहरबाट जाने पानीले पर्साहुँदै भारतको बिहारमा सिंचाई हुने गर्दछ । उत्पादन हुने विद्युत नेपालले उपभोग गर्दै आएको छ ।

डुबानमा परेर क्षति भएको धानसहित अन्य बालीको क्षतिपुर्ति नपाएसम्म नहरमा पानी आउन त्रिवेणी (नवलपरासी) : डुबानमा परेको भन्दै स्थानीयले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ । पानी नभएका कारण अहिले गण्डक जलविद्युत गृहको विद्युत उत्पादन ठप्प छ ।
भारतीय पक्षले नहरमा निर्माण गरिएका साईफन र स्थानीय खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका वडा नं. १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका हुन् । जसका कारण भारतले उक्त नहरमा पानी बन्द गरेको हो ।

पश्चिम नहरबाट गएको पानीले गुठिसूर्यपुरामा रहेको गण्डक जलविद्युत गृहमा विद्युत उत्पादन हुने गर्दछ । १५ मेगावार्ट विद्युत उत्पादन हुने गृहमा अहिले ७ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । विद्युत उत्पादनसहित नहरबाट जाने पानीले पर्साहुँदै भारतको बिहारमा सिंचाई हुने गर्दछ । उत्पादन हुने विद्युत नेपालले उपभोग गर्दै आएको छ ।

डुबानमा परेर क्षति भएको धानसहित अन्य बालीको क्षतिपुर्ति नपाएसम्म नहरमा पानी आउन नदिने स्थानीयले चेतावनी दिएपछि भारतले पानी दिन छाडेको हो । स्थानीय राईपुरवा खोलाको कारण सुस्ताको छिवनी, फेचुवा, सत्पत्ति, महलवारी र हरखपुरा गाउँ डुबानमा परेको छ
डुबानबाट भएको क्षतिपुर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीय टुनाखर बस्यालले बताए । काटेको डिल नपुरेसम्म भारतले नहरमा पानी छाडेपनि प्रर्याप्त पानी जान नसक्दा विद्युत उत्पादन हुन नसक्ने गण्डक भूआर्जन जनसम्पर्क कार्यालय बाल्मिकिनगरका जनसम्पर्क अधिकारी सञ्जय मिश्रले बताए । स्थानीयको चेतावनीका कारण भारतले नहरमा पानी नदिएको उनले बताए । पानी नदिंदा १० दिनदेखि जलविद्युत गृहमा विद्युत उत्पादन बन्द भएको मिश्रले जानकारी दिए ।

पानी निकासका लागि गाउँमा निर्माण गरिएका ड्रेन सफा नगर्दा स्थानीय खोलामा आएको बाढीले डुबानमा परेको भन्दै आक्रोशित गाउँलेहरु दुई दुई पटक पश्चिम नहर भत्काईदिने भन्दै आक्रोशित बनेका थिए । त्यस क्रममा उनीहरुले बाँधको डिल काटेर कुलो बनाएका छन् ।

गाउँको पानी निकास नहर रहेको छ । पानी निकासका लागि गाउँमा सात वटा ड्रेन निर्माण गरिएको छ । पहिलो पटक नहर भत्काउन आएका स्थानीयका मागलाई पूरा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा भारतीय पक्षसँग बैठक बसेको थियो । सो बैठकमा डुबानले पु¥याएको बालीको क्षतिपुर्ति दिने सहमति गरेपनि भारतले नदिएको भन्दै स्थानीयहरुले पुनः बाँधको डिल काटेका हुन् ।

नहर नै भत्काईदिने भन्दै पुगेका स्थानीयहरु र प्रशासनबीच क्षतिपुर्ति संकलनका लागि समिति गठन गर्ने सहमति भएको छ । सोही सहमति अनुसार समितिले क्षतिको विवरण संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
क्षतिपूर्तिका लागि विवरण संकलन भएको र भारतीय पक्षले अहिले राईपुरवा खोलाको मर्मत एंव सफाई गरिरहेकाले तत्काल आउने पानीका कारण हुने डुबानको समस्या केही कमहुँदै जाने प्रजिअ रानामगरले बताए। भारतीय पक्षलाई उद्दृत गर्दै प्रजिअ रानामगरले आउँदो मार्च (फागुन) देखि सबै साईफनहरुको सफाई र मर्मत गरिने भएको बताए ।

Related Posts: