भाइरलका बिरामी बढे

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १२, २०७४- दुई सातायता जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक सय जनाजति भाइरल प्रभावित उपचारार्थ जिल्ला अस्पताल आउने गरेका हुन् ।
ज्वरो, पखाला, रुघाखोकी, टाइफाइड, निमोनियालगायतका बिरामी बढेको जिल्ला अस्पतालका डा. जगदीशचन्द्र बिष्टले बताए । बर्खामा दूषित पानीका कारण पखाला र भाइरलका बिरामी बढेका हुन् । बिरामीको चाप बढे पनि उपचारमा समस्या नभएको अस्पताल स्रोतले जनायो । ‘ज्वरो र रुघाखोकीजस्ता सामान्य किसिमका बिरामीको चाप बढी छ,’ डा. विष्टले भने, ‘दुई–चार दिनको उपचारपछि निको घएर घर फर्केका छन् ।’ गाउँका स्वास्थ्य संस्थामा पनि ज्वरोका बिरामी बढी नै छन् । जिल्लाका सबै स्वास्थ्य संस्थामा मौसमी ज्वरो र पानीजन्य रोगका बिरामी बढेको उनले जानकारी दिए ।
मौसममा दिनहुँ फेरबदल भएकाले रुघाखोकी र ज्वरोको समस्या देखिएको हो । घाम लागेको दिन
ह्वात्तै गर्मी बढ्ने र पानी पर्दा चिसो हुँदा बिरामी परेका हुन । भाइरस संक्रमणपछि सुरुमा हल्का ज्वरो आउने, बिस्तारै च्याप्दै जाने र रुघाखोकी पनि देखिने लक्षण रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

Related Posts: