गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले चार जनालाइ पक्राउ गरेको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर १ पन्थेटारमा गाई काटेका चार जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका मनबहादुर चेपाङ, अमर चेपाङ, दिनेश थापा र प्रविण चेपाङ छन् ।
मनबहादुर चेपाङको घरको करेसावारीमा चार जना मिलेर गाई काटिरहेको भेटिपछि उनीहरुलाइ पक्राउ गरिएको डिएसपी भेषराज रिजालले जानकारी दिए ।
गाई काट्न प्रयोग गरिएको बञ्चरो र हसिया पनि बरामद गरेको डिएसपी रिजालले जानकारी दिए । पक्राउ परेकाहरुलाइ गौवध सम्बन्धी मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
गाईको पोष्टमार्टम गरी गण्डकी गाउँपालिकालाइ जिम्मा लगाइएको डिएसपी रिजालले बताए ।