आश्विन २०, २०७४एसियाली खेलकुद पत्रकार महासंघको कोषाध्यक्षमा नेपालका निरञ्जन राजवंशी निर्वाचित हुनुभएको छ । पाकिस्तानमा जारी एआईपीएस एसियाको बिशेष साधारणसभामा सिरियाकी अविर अलिलाई ११ मतले पराजित गर्दै राजवंशी कोषाध्यक्षमा विजयी हुनुभएको छ । बीबीसी नेपाली सेवामा कार्यरत राजवंशीले १८ र प्रतिद्धन्दी अविरले ७ मत प्राप्त गरिन । साधारण सभामा २५ मुलुकको सहभागिता रहेको थियो । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चलाई लामो समय नेतृत्व प्रदान गर्नुभएका राजवंशीले यसअघि समेत कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
माछापालनबाट वार्षिक ३० लाख आम्दानी माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।कुनै बेला चरम गरिबीमा बा…Read More