भिडियो सहित हेर्नुहोस !
Advertisement
उड्डयन क्षेत्रका जानकारका अनुसार लुक्ला रन् वे ‘अप्रोच’ गर्नुअघि खाल्डो जमिन भएर त्यहाँ पुग्नुपर्छ। तर, मौसमी प्रतिकुलताका कारण ‘लो अप्रोच’ मा दूधकोशी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुन्छ। समिट एअरको हकमा पनि यही अवस्था आएको हुनसक्ने प्रारम्भिक अनुमान यस क्षेत्रका विज्ञ चालकको छ। ‘लो एप्रोच’ मा उड्दा गति पनि न्युन हुन्छ। त्यो बेला जहाज धावनमार्गमा नपुग्दै खसेको हुनसक्ने अनुमान गरिएको छ। समिट एअरको जहाज रन् वे नपुग्दै ठोक्किएर सिधै तल झरेको छ।
प्रायः जहाज तल आउँदा पनि नोज भने माथि हुन्छ। तर यो भने लो अप्रोच’ का कारण रन् वे पुग्नुअगावै त्यहाँ रहेको अवरोधका ठोक्किएर खसेको देखिन्छ। ‘लो अप्रोच’ कतिपय अवस्थामा हावाका कारण बाध्यता पनि हुन्छ। तर यो घटनाको समयमा हावा चाप न्युन रहेका कारण ‘लो अप्रोच’ किन लिइयो भन्ने प्रश्न उठेको छ। त्यो अवस्थामा विमानस्थल ट्राफिक कन्ट्रोलरको भूमिका कति सहयोगी रह्यो भन्ने पनि अनुसन्धानको विषय हुनसक्छ।