सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा समिट एआर(गोमा) ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० जहााज दुर्घटनाले फेरि प्राविधिक, उड्डयन प्राधिकरण र विमान सञ्चालकमाथि प्रश्न उठाएको छ। करिब २ हजार ८४५ मिटर उचाइमा रहेको लुक्ला विमानस्थल इन्जिनियरिङको नमुना भए पनि उड्डयनका हिसाबले अत्यन्तै चुनौतीपूर्णमध्ये एकमा पर्छ। उड्डयन क्षेत्रका जानकारका अनुसार लुक्ला रन् वे ‘अप्रोच’ गर्नुअघि खाल्डो जमिन भएर त्यहाँ पुग्नुपर्छ। तर, मौसमी प्रतिकुलताका कारण ‘लो अप्रोच’ मा दूधकोशी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुन्छ। समिट एअरको हकमा पनि यही अवस्था आएको हुनसक्ने प्रारम्भिक अनुमान यस क्षेत्रका विज्ञ चालकको छ। ‘लो एप्रोच’ मा उड्दा गति पनि न्युन हुन्छ। त्यो बेला जहाज धावनमार्गमा नपुग्दै खसेको हुनसक्ने अनुमान गरिएको छ। समिट एअरको जहाज रन् वे नपुग्दै ठोक्किएर सिधै तल झरेको छ।
प्रायः जहाज तल आउँदा पनि नोज भने माथि हुन्छ। तर यो भने लो अप्रोच’ का कारण रन् वे पुग्नुअगावै त्यहाँ रहेको अवरोधका ठोक्किएर खसेको देखिन्छ। ‘लो अप्रोच’ कतिपय अवस्थामा हावाका कारण बाध्यता पनि हुन्छ। तर यो घटनाको समयमा हावा चाप न्युन रहेका कारण ‘लो अप्रोच’ किन लिइयो भन्ने प्रश्न उठेको छ। त्यो अवस्थामा विमानस्थल ट्राफिक कन्ट्रोलरको भूमिका कति सहयोगी रह्यो भन्ने पनि अनुसन्धानको विषय हुनसक्छ।
जिप दुर्घटना हुँदा घटनास्थलमै ४ को मृत्युवण ९, २०७४- बागलुङको जलजलाबाट खर्वाङतर्फ जाँदै गरेको जिप बडीगार्ड-५ ग्वालीचौरमा दुर्घटना हुँदा चालक सहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटन…Read More
नेपालले मलेसियालाई ५ विकेटले हरायो श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्र…Read More
फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्ट…Read More
ट्रम्पको अधिकार सीमित पार्ने सहमति ।श्रावण ९, २०७४- अमेरिकी कंग्रेसका दुवै दल राष्ट्रपतीय चुनावमा संलग्नताको सजायस्वरूप रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गर्न सहमत भएका छन्…Read More