‘बाहुबली’ले बलिउडको इतिहासमा कैयौं रेकर्ड राखेको छ । "हामीले करिब ३ सय ८० दिन सुटिङ गर्‍यौं । ३ सय ३० दिनपछि मलाई मेरो शक्ति कमजोर हुँदै छ जस्तो महसुस हुन थाल्यो..." "मसँग स्वतन्त्रता छैन भने पनि म एक दिन ‘महाभारत’ बनाउनेछु ।"..

भिडियो सहित हेर्नुहोस !
Advertisement
सबभन्दा ठूलो चुनौती पहिलो भाग सुटिङ गर्नु नै थियो । हामीले करिब ३ सय ८० दिन सुटिङ गर्‍यौं । ३ सय ३० दिनपछि मलाई मेरो शक्ति कमजोर हुँदै छ जस्तो महसुस हुन थाल्यो । मलाई थाहा छैन, अरू उद्योगमा कसरी हुन्छ तर जहाँसम्म हाम्रो उद्योगको सबाल छ, सबैले निर्देशकबाट ऊर्जा लिन्छन् । म आफैं एकदमै थाकेको थिएँ तैपनि शक्तिले भरिएको जस्तो अभिनय गरेर पूरा टिममा त्यो ऊर्जा ‘सर्कुलेट’ गरिरहेको थिएँ ।
जति चुनौती सामना गर्नुपरोस्, मतलब छैन, तर मेरो सोचमा सम्झौता गर्दिनँ । म सचेत छु कि मेरो भिजनको कारण कलाकारहरूलाई कठिन स्थितिमा राखेको छु । तर जब उनीहरूले प्रोडक्टको भलाइका लागि मेरो काम देख्छन्, तब उनीहरूको माध्यमबाट मैले पोखेको दु:ख पनि बुझ्छन् ।


Related Posts: