छक्का पन्जा २’को गीतमा लफडा, दीपकले दिए यस्तो स्पष्टिकरण

भिडियो सहित हेर्नुहोस !
Advertisement
सार्वजनिक भएको ३ दिनमै युटुबमा रेकर्डतोड दर्शक पाएको चलचित्र ‘छक्का पन्जा २’को ‘नसमाउ नाडीमा’ बोलको गीत अहिले विवादमा फसेको छ ।

विशेषगरि, गीतको संगीत संयोजनमा विवाद भएको हो । गीत सार्वजनिक भएको दिन यसको संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो । तर, पछि गीतका सर्जक अर्कै भएको भन्दै सामाजिक संजालमा प्रश्न उठेपछि यसका निर्माता दीपकराज गिरीले वास्तविक सर्जकको नाम नै क्रेडिट लाइनमा समावेश गरे ।
तर, पनि सामाजिक संजालमा अहिले विभिन्न खालका व्यङ्ग्यहरु बनाइएको छ । स्वर्गिय कान्छा मगर नेपालीले तयार पारेको धुनलाई अल्मोडाले आफ्नो भन्दै नाम राखेपछि विवाद भएको हो ।

यो बिषयमा चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुक मार्फत स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्-‘गीत चोरीको नभइ यसका वास्तविक सर्जकलाई गायक अल्मोडाले मेरो सामु नल्याएको तथ्य थाहा भयो । मैले जब थाहा पाएँ, तुरुन्त यो गीतको वास्तविक कम्पोजरको नाम क्रेडिट टाइलटमा राख्न लगाएँ । हामीलाइ पनि अध्यारोमा राखिएको थाहा भयो ।’

Related Posts: