जिप दुर्घटना हुँदा घटनास्थलमै ४ को मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement

वण ९, २०७४- बागलुङको जलजलाबाट खर्वाङतर्फ जाँदै गरेको जिप बडीगार्ड-५ ग्वालीचौरमा दुर्घटना हुँदा चालक सहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
ध १ ज १८४ नम्बरको जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरुलाई थप उपचारको लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।
‘दुर्घटनाका घाइतेहरुलाई समयमा नै सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन सकियोस् भनेर हेलिकोप्टर मगाइएको छ,’ प्रहरी उपरिक्षक खापुङले भने, ‘काठमाडौंबाट हेलिकोप्टर हिँडिसकेको हामीले जानकारी पाएका छौं ।’
सडकदेखि करिव ६ सय मिटर तल खोचमा जिप खसेको छ । ओरालोमा जिप अड्याउनको लागि ओट हाल्ने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल पुग्न बागलुङ बजारबाट करिव ५ घण्टा कच्ची मोटरमार्गको यात्रा गर्नु पर्छ ।



Related Posts: