पत्थरी देखि क्यान्सर सम्मको समाधान, बेथेको साग

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । हाम्रो घरवरिपरि,करेसाबारीमा पनि प्रशस्त पाईने साग हो यो । हामिले बेथेको साग खाईरहेका पनि हुन्छौ तर यसका अनगिन्ति फाईदा छन भन्ने थोरैलाई मात्र थाहा होला । सब्जीको रुपमा खाने गरिएको बेथेको सागको स्वास्थ्यमा धेरै फाइदाहरु छन् :
. पत्थरी – एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गलेर झार्छ ।


. स्तन क्यान्सर – आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा र फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।


. जोर्नी दुख्ने – बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान–बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ । यसको ताजा पातलाई पिसेर हल्का तताएर दुखेको ठाउँमा राखेर बाध्नुहोस् । यसो गर्नाले आराम महसुश हुन्छ ।

. कब्जियत – बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

. पेटसम्बन्धी रोग – जहिलेसम्म बेथेको साग पाईन्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।

. छालासम्बन्धी रोग – बेथेलाई उमालेर निचोरेर रस पिउनुहोस् र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाद, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

. अनियमित महिनावरी – दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।


Related Posts: