दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।
युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्याएको थियो। दुई महिना अघि काठमाडौंको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशब थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएका उनीहरुलाई अलपत्र परेका थिए। आजको नागरिक दैनिकमा खबर छ |
अलपत्र परेका २२ जना पीडित बस्दै आएकाहरु दशैँको दिन मध्यरात कोठाबाट निकालिएका थिए। उनीहरु मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनीको कोठामा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए।

बिहीबार नेपाल फर्कने १३ जना पिडितहरुमा बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा र नवलपरासीका कृष्ण भुजेल रहेका छन ।