पालुङटार नगरपालिकामा नेपाली कांग्रेस विजयी : बाबुरामले बधाई दिए

भिडियो सहित हेर्नुहोस !
Advertisement


गोरखा : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपक कर्णेल विजयी हुनु भएको छ। कर्णेल ४६ सय ९८ मत ल्याएर विजयी हुनु भएको हो। प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विवस चिन्तनले भने ४४ सय ९१ मत ल्याउनु भएको छ।

उपमेयरमा भने माओवादीकी पम्फा बस्याल विजयी हुनु भएको छ। बस्यालले ४४ सय ९४ मत ल्याउनु भएको छ भने उहाँकी प्रतिद्वन्द्वी कांग्रेसकी उपमेयर तेजकुमारी श्रेष्ठले ४१ सय ९६ मत ल्याउनु भएको छ।आफ्नो गृह नगरको मेयरमा विजयी भएका कर्णेललाई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले टेलिफोन मार्फत् बधाई दिनुभएको छ। भट्टराई पालुङटारलाई स्मार्ट सिटी बनाउन समेत शुभकामना दिनुभएको छ।

अहिलेसम्म गोरखा नगरपालिका र भिमसेन गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ। एउटा नगरपालिकासहित सात गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने दुई गाउँपालिकामा माओवादी विजयी भएको छ।एमाले केही वडामा विजय भएपनि गाउँपालिकामा खाता खोल्न सकेन। - See more at:


Related Posts: