डाक्टर गोविन्द केसीद्वारा काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलार्इ वर्खास्त गर्न माग

भिडियो सहित हेर्नुहोस !
Advertisement


डाक्टर गोविन्द केसीले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलार्इ वर्खास्त गर्न माग गर्नुभएको छ ।
कान्तिपुर समाचारसँग कुरागर्दै डाक्टर केसीले मेडिकल माफियासँगको मिलोमतोमा विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको कानून मिचेर दिइएको सम्वन्धन फिर्ता र पदाधिकारीलार्इ कारवाही गर्नुपर्ने बताउनुभयो ।
२३ दिन लामो अनसन स्थगित गरेपछि एकसाता अघि अस्पताल भर्ना हुनुभएका डाक्टर केसी आज डिस्चार्ज हुनुभएको छ । उहाँले भोलि नै औषधि सहित बाढी तथा डुवान प्रभावित जनताको सहयोगका लागि सप्तरी जान लागेको पनि जानकारी दिनुभयो ।
डाक्टर केसीले बाढी पीडित सर्वसाधारणको उपचारसँगै लत्ताकपडा समेत वितरण गरिने बताउनुभयो ।

Related Posts: