भाद्र ८, २०७४- युईएफएले २०१६/१७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो । गत सिजन च्याम्पियन्स लिग उपाधि विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ मा छन् । युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक र युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतका आधारमा गरिएको हो । कुनैपनि प्रशिक्षकले आफ्नो टोलीको खेलाडीलाई मत दिन पाउने छैनन्। पछिल्लो सिजन रोनाल्डोले जितेका यस उपाधि मेस्सी र रोनाल्डो दुवै खेलाडीले २/२ पटक जितेका छन् । सन् २०११ मा सुरु भएको यस उपाधिको पहिलो विजेता आन्द्रेस इनिएस्टा थिए भने त्यसपछिको सिजन फ्र्यांक रिबेरीले जितेका थिए।
इएफाले यसै वर्षबाट गत सिजनको च्याम्पियन्स लिगका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डको नाम पनि घोषणा गर्दैछ। यस सिजनको युइएफा च्याम्पियन्स लिगको समूह चरणको ड्र पनि सोहि कार्यक्रममा हुँदैछ । मोनाकोस्थित ग्रिमाल्डि फोरममा हुने ड्रका लागि सहभागी २४ टोलीको छिनोफानो भइसकेको छ । कार्यक्रम नेपाली समयानुसार बिहिबार राति ९:४५ बजे हुनेछ ।
चुनाव बिथोल्ने गरी आन्दोलनको घोषणाजेष्ठ २८, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सत…Read More