सिन्धुली : बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका- ५ रामटारमा भएको सडक दुर्घटनामा सुनकोसी गाउँपालिका ५ रामटारका ४० वर्षीय रामकृष्ण श्रेष्ठको निधन भएको छ श्रेष्ठ सवार बा ३५ प ९३२२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा १४ च २४९३ नम्बरको बोलेरोले ठक्कर दिदाँ श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । केही समय अघिमात्र रामटारबाट दुम्जा जाँदै गरेका श्रेष्ठलाई काठमाडौंमा कखुरा ढुवानी गरेर फर्केको सिंगलक्याप बोलेरोले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो ।
श्रेष्ठ पूर्व प्रहरी हवल्दार हुन् । श्रेष्ठलाई ठक्कर दिने बोलेरोलाई प्रहरी चौकी रातमाटाले नियन्त्रणमा लिएपनि चालक भने फरार भएको बताइएको छ ।
शिब लिंग काे पूजा किन गरीन्छ ?अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस्…Read More