भाद्र ८, २०७४ मधेस केन्द्रित दलहरुको माग र संविधान संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताउनुभएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणका विषयमा जानकारी दिन आज नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जयशंकरले समाजका सबै तह र तप्कालाई समेटेर अगाडी बढ्ने प्रयासलाई नेपालले जारी राख्नुपर्ने धारणा राख्नु भयो । उहाँले संविधान कार्यान्वयनमा बृहत सहभागिता भएमा त्यसले स्थिरता, एकता र नेपालको समृद्धिमा सहयोग पुर्याउने बताउनुभयो । भारत र चीनको दोक्लममा बढेको द्वन्द्वका बिषयमा देउवाको भ्रमणका क्रममा कुनै छलफल नभएको जयशंकरको भनाई छ । लामो समयदेखि अनिश्चित बनेको सार्कको शिखर सम्मेलनबारे अध्यक्ष राष्ट्रका नाताले नेपालले कुनै प्रस्ताव नराखेको जयशंकरको भनाई छ । संयुक्त पत्रकार सम्मेलनको आफ्नो भाषणमा भने प्रधानमन्त्री देउवाले सार्कको उल्लेख गर्नुभएको थियो ।
दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै म…Read More