: नेपाली हिन्दु महिलाहरुको महान चाड तीजमा दरखाने बिशेष पर्व हो । विवाह गरेका महिलाहरुले माइतीघरमा गएर मध्यरातमा दरखाने गर्दछन् । विदेशमा रहेका महिलाहरुले पनि तीजलाई आफनो अनुकुलतामा मनाउने गर्दछन् । तर इजरायलमा रहेका नेपाली महिलाहरुले यसपटक तीजमा दर नखाने भएका छन् । तीजका अवसरमा शुक्रबार तेल अभिभ बिश्वबिद्यालयमा इजरायलमा रहेका महिला तथा पुरुष कामदारलाई भेला गराएर साँस्कृतिक कार्यक्रम गरिदैछ । सो कार्यक्रममा सहभागी भएवापत तिरिने रकमलाई नेपालको तराई मधेशमा बाढी,डुवान र पहाडमा पहिरोबाट अति प्रभावित पीडितहरुको राहतमा खर्च गर्ने योजना बनाइएको एनआरएन इजरायलमा सचिव पदका लागि उम्मेदवारी दिएकी तारा ढकालले जानकारी दिइन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित कुविण्डेमा जन्मिएकी तारा झण्डै नौ बर्षदेखि इजरायलमा कार्यरत छिन ।
कार्यक्रम हेर्न सकिनेछ । कार्यक्रममा सहभागी भएवापत तिरिने पैसालाई बाढी पीडितको सहयोगार्थ प्रदान गर्नेछौ’ ताराले भनिन ‘दर नखाएर केहि हुँदैन,हामी इजरायलमा बसेर कमाएकै छौ । करीव ३५ अमेरिकी डलर अर्थात एक सय ३० सेकेल हो । यो हाम्रो लागि ठूलो रकम होइन ।’ तीज बिशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट चर्चित लोकगायक बद्री पंगेनी,कलाकारद्धय भूमिका गिरी र कालिका रोकामगर तथा हास्यकलाकार सुदीप थापा इजरायल पुगिसकेका छन् । इजरायलमा रहेका नेपाली महिला तथा पुरुषहरुलाई मनोरञ्जन प्रदान गरी संकलन गरिएको रकमले नेपालमा बाढी,डुवान र पहिरोबाट पीडितहरुका लागि सहयोग गर्न चाहेको ताराले बताइन ।
बाढी र पहिरोबाट एक महिना यता एक सय ५० जनाले ज्यान गुमाएका छन् भने ३५ जना अझै वेपत्ता छन् । तराई मधेशमा हजारौ मानिसहरु बाढी र डुवानबाट बिस्थापित भएका छन् ।
गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरातर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ ।त्यस कारण गोरो र सु…Read More