भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनु भएका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आकस्मिक भेटवार्ता भएको छ । पाँच दिने भ्रमणका क्रममा दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच अनौपचारिक भेट भएको हो । भेटमा दुई प्रधानमन्त्री मात्र सहभागी भएको दिल्लीमा रहेका हाम्रा सम्वाददाता नवराज पाण्डे र कमलदेव भट्टराइले जनाएका छन् । यसअघि नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले काग्रेस आइका नेता डीपी त्रिपाठीसँग भेट गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले अपरान्ह्र दिल्लीस्थित नेपाली दुतावासमा नेपाली समुदायसँग छलफल गर्नुभएको छ । उहाँले व्यवसायीहरुसँग अन्तक्रिया गर्नुभएको छ । उहाँले भारतका ब्यवसायीहरुलाई नेपालमा व्यापार र लगानीका लागि आह्वान गर्नुभयो । व्यवासायीहरुसंगको अन्तर्क्रियामा प्रधानमन्त्री देउवाले ठूलो राजनीतिक उपलब्धीलाई संस्थागत गर्न सामाजिक आर्थिक उन्नती अपरिहार्य हुने बताउँदै नेपालको आर्थिक प्रगतीमा सहभागी हुन स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा भदौ ११ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।
सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।…Read More