करिब २० वर्षको प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुर्याउने भनिएको पहिलो चरणको निर्वाचनमा ३४ जिल्लामा भइराखेको छ ।
सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आज पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान गर्दै छ । २०५४ सालमा भएको स्थानीय चुनावपछि विभिन्न कारणले २० वर्षसम्म चुनाव हुन सकेको थिएन । १३ हजार ५६५ पदका लागि झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।
जनयुद्ध, जनआन्दोलनपछिको उपलब्धि गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन र सोही संविधानसभाबाट जारी नयाँ संविधानमा भएको व्यवस्था अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा पहिलो पटक संविधानमा भउको व्यवस्था अनुसार ठूलो संख्यामा महिला र दलित जनप्रतिनिधि छनोट हुँदै छन् । निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकेको छ ।
गृहमन्त्रालयका अनुसार प्रदेश नम्बर ३, ४ र ६ को निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षामा नेपाली सेना समेत परिचालन गरिएको छ । सेना भने ब्याक फोर्सका रुपमा बाहिरि घेरामा हुनेछन्।
दशरथ रंगशाला बनाउने जिम्मा नेपाली सेनालाईकाठमाडौं : नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्…Read More
कांग्रेसका उम्मेदवार नै एमालेमा प्रवेशअछाम, जेठ ६ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ९ बुढा…Read More