भरतपुर महानगरपालिकाको गएरातिदेखि स्थगित मतगणना फेरि सुरू भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले सहमती गरेसँगै मतगणना सुरू हुन लागेको हो। ९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो।
निर्वाचन अधिकृतहरूले सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरेका थिए। हिजोको प्रयास सफल नभए पनि अहिले बिहान बसेको बैठकले मत गणनालाई अगाडि बढाउने सहमति भएको हो। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले माओवादी र कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दाहाल ३४६ मतले पछि परेकी छन्।
लगातार अग्रता लिइरहेका ज्ञवालीलाई केही समय अगाडि रेणुले १४७ मतले पछाडि पारेकी थिइन्। ताजा अवस्थामा देवीको १५ हजार १ सय ५५ मत आएको छ । रेणुले भने भने १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्। राप्रपाका उम्मेदवारले १ हजार १ सय ५० मत ल्याएका छन् ।