जेष्ठ ६, २०७४- एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र बचाउने जिम्मेवारी एमालेको काँधमा आएको बताएका छन् । कांग्रेस र माओवादीले विभिन्न लोकतन्त्रविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै नेपालले एमाले मात्रै लोकतन्त्रको संरक्षक बनिरहेको बताए ।
शनिबार घोराहीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले जनताले अहिलेको चुनावमा लोकतन्त्रको संरक्षकको रुपमा एमालेलाई मत दिएको बताए ।
सरकारमा सहभागी माओवादी र कांग्रेसले विभिन्न अलोकतान्त्रिक निर्णय गर्दै गएको बताउँदै नेपालले अब एमाले लोकतन्त्र र न्यायको संरक्षणका लागि अग्रसर हुने बताए । एमाले सरकार बाहिर भएको मौका छोपेर विभिन्न विवादित कामहरु गर्न अग्रसर भएका सरकारवादी पार्टीलाई जनताले चुनावबाट तह लगाइदिने उनको दाबी थियो ।
एमालेले बहुमत पाएर मात्र देशले सही दिशा लिने धारणा नेपालले व्यक्त गरे । कांग्रेसको रुख बुढो र थोत्रो हुँदै गएको उल्लेख गर्दै नेपालले अब सूर्य चम्कने दिन आएको बताए । जनताको जीवनलाई सुखी बनाउन नसक्ने सरकारको औचित्य नहुने उनले बताए ।
अहिलेको सरकारले जनतालाई दुखी बनाउने र विदेशीको दलाली गर्ने काम गरिरहेको उनले आरोप लगाए । उपेक्षित समुदायलाई माथि उठाउने कुरालाई पार्टीले मुख्य एजेण्डा बनाएको नेता नेपालले बताए । बृद्धबृद्धा, दलित, महिला र उपेक्षित समुदायको सुरक्षाका लागि एमालेले नै प्रभावकारी कार्यक्रम अघि सारेको उनले बताए । बृद्धबृद्धा, बिधवा, दलित महिलाका लागि भत्ताको व्यवस्था गर्ने काम गरेर एमालेले नयाँ कामको सुरुवात गरेको र अब पनि यसैलाई महत्व दिने उनले बताए ।
नेप्सेको जीएममा साउद नियुक्त२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।सोमवार विहान बसेको…Read More