भरतपुर – भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको १६ हजार १ सय ४५ मत आएको छ । रेणुले पनि एमालेका देवी ज्ञवालीलाई कडा टक्कर दिदै १५ हजार ६ सय ७५ मत प्राप्त गरेकी छिन्। त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले १८ हजार १ सय ५१ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्या शर्माले १३ हजार ९ सय ९४ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।
भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।
सीमापारिका मतदाता निर्णायक ! सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात् भारतमा छन् । स्थानीयवासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याई खानप…Read More
विहीबारको दिन गर्नै नहुने यी ५ कामविहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।विहीबार …Read More
दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रो…Read More