दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रोक लगाएको छ ।
बंगाल सरकारले तीन दिनअघि नै इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो । मंगलबार प्रतिबन्ध थप लम्ब्याएको छ । दार्जिलिङका जिल्लापालले मंगलबार विज्ञप्ति जारी गरेर आगामी २७ जुनसम्म सेवा प्रतिबन्ध गरिएको जनाएका छन् ।
इन्टरनेट सेवा रोकिएपछि पत्रकार तथा बुद्धिजीवी अगुवाले दार्जिलिङलाई कश्मीर बनाइएको प्रतिक्रिया दिएका छन् । सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘भारतको कश्मीरपछि दार्जिलिङ दोस्रो इन्टरनेट सेवा प्रतिबन्ध क्षेत्र हो ।’ इन्टरनेट प्रतिबन्धपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।
पत्रकार मनोज बोगटीले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएर भारतले विश्वकै ठूलो गणतान्त्रिक मुलुक हुनुको खिल्ली उडाएको बताए । द इन्डियन टेलिग्राफ एक्ट, १८८५ का आधारमा आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने बहानामा इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको जनाएको छ । दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रमा मात्रै प्रतिबन्ध लगाइएको प्रशासनले जनाए पनि कालिम्पोङमा समेत इन्टरनेट नभएको पत्रकार बोगटीले जनाए । ‘इन्टरनेट नहुँदा समाचार सम्प्रेषणलगायत काम पूर्णरूपमा प्रभावित भएका छन्,’ उनले भने ।
गोर्खा जनमुक्ति मोर्चाले राज्य सरकारले इन्टरनेट सेवाका साथै टीभी च्यानलमा लगाएको प्रतिबन्धले दार्जिलिङका जनताको मानवअधिकार हनन भएको भन्दै तत्काल सञ्चालन फुकुवा गर्न राज्य सरकारसँग अपिल गरेको छ ।
बाबुरामले जोगाउलान् विरासत ? वैशाख २५, २०७४- २०६४ सालको संविधानसभा चुनावमा सर्वाधिक मत ल्याउने व्यक्ति थिए– बाबुराम भट्टराई । २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि उनले झन्डै १…Read More
विद्यार्थीमाथि यौन दुव्र्यवहार वैशाख २५, २०७४- कन्काई नगरपालिका ९ स्थित आदर्श विद्या मन्दिर माविका शिक्षक भोला ढुंगेलमाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।ढुंगेलले …Read More