विद्यार्थीमाथि यौन दुव्र्यवहार

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख २५, २०७४- कन्काई नगरपालिका ९ स्थित आदर्श विद्या मन्दिर माविका शिक्षक भोला ढुंगेलमाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

ढुंगेलले कक्षा कोठाभित्रै यौन दुव्र्यवहार गरेको भन्दै पीडित छात्राका अभिभावकले आइतबार विद्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले आइतबारै इलाका प्रहरी घैलाडुब्बामा उजुरीसमेत दर्ता गराए। उनीहरूले छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक ढुंगेललाई निष्कासन गर्नुपर्ने तथा तत्काल कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। कारबाही नभएसम्म विद्यालयको तालाबन्दी नखोल्ने स्थानीय मोहन राजवंशीले चेतावनी दिए। उनका अनुसार शिक्षक ढुंगेलले कक्षा ४ देखि ८ सम्म पढ्ने छात्रामाथि पटक–पटक दुव्र्यवहार गरेका थिए। ढुंगेलले कक्षा ४, ६ र ८ मा अध्ययनरत चौधरी थरका तीन, कक्षा ४ र ६ का राजवंशी थरका दुई, कक्षा ४ का मण्डल, कक्षा ५ का साह र कक्षा ६ मा अध्ययनरत रसाइली थरकी एक/एक गरी ८ छात्रालाई दुव्र्यवहार गरेको आरोप छ।
ती छात्राका अभिभावकले ढुंगेलमाथि कारबाही माग गर्दै आइतबार बिहान विद्यालय प्रशासनलाई दबाब दिएका थिए। ‘ढुंगेलले धेरै छात्रालाई यौन दुव्र्यवहार गरेको पाइयो,’ उक्त विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष धर्म राजवंशीले भने, ‘कसैले पनि भन्न सकेका रहेनछन्। अहिले एउटा घटना बाहिर आएपछि अरू छात्राले पनि मुख खोल्न थालेका छन्।’
गत शुक्रबार कक्षा ६ मा अध्ययनरत एक छात्राले ढुंगेलले गर्ने दुव्र्यवहारबारे विद्यालयकै शिक्षिकालाई सुनाएपछि घटना बाहिर आएको हो। ती छात्राले दुई वर्षदेखि आफूमाथि पटक–पटक यौन दुव्र्यवहार गरेको शिक्षिकालाई सुनाएकी थिइन्। पीडितका अनुसार ढुंगेलले छात्रालाई अँगालो मार्ने, संवेदनशील अंगहरू छुनेलगायत क्रियाकलाप गर्दै आएका थिए। दुव्र्यवहारबारे सार्वजनिक भएपछि विद्यालयले शिक्षक ढुंगेलमाथि आवश्यक कारबाहीका लागि जिल्ला शिक्षालाई जानकारी गराइसकेको छ। ‘भोला सरले छात्रालाई अनैतिक क्रियाकलाप गरेको घटना हामीमाझ आयो। हामीले तुरुन्तै कारबाहीका लागि जिल्लामा सिफारिस गरेका छौं,’ प्रधानाध्यापक योनदेन सुनुवारले भने।
उनले पीडित छात्राको भनाइअनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको बैठकले शिक्षक ढुंगेलमाथि आवश्यक अनुसन्धान गरी दोषअनुसार कारबाही गर्न सिफारिस गरेको बताए। प्रअ सुनुवारका अनुसार आरोपी शिक्षक ढुंगेल सम्पर्कविहीन छन्।

Related Posts: