करिश्मा मानन्धर (केसी) (जन्म १९७१, ललितपुरमा) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।
कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग।विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।
करिश्माले आफ्नो SLC सम्म शुभतारा स्कुलमा पढिन् । सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरिन् । केही स्रोतअनुसार उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो ।
हाल नयाँ शक्तिमा आबद्ध अभिनेत्री करीष्मा मानन्धरको यस्तो भविष्यवाणी । दोस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले जित्छ |