चितवन: लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तुका अंगहरु साेमबार नष्ट गरिएको छ। झण्डै बीस वर्ष यता संकलन भएका वन्यजन्तुका एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु (अखेटोपहार) साेमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिएको हो। विसं २०५४ सालदेखि देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण हुने गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन र सुरक्षा चुनौती वढ्दै गएकाले नष्ट गरिएकाे बताउनुभयाे। उहाँले अखेटोपहारको महत्व छैन भन्ने सन्देश दिन विशेष कार्यक्रम गरेर नष्ट गरिएको जानकारी दिनुभयो। नष्ट गरिएसँगै यसले चोरी शिकारीलाई निरुत्साहित गर्न मद्दत मिल्ने उहाँले बताउनुभयो। अनुसन्धानका लागि केही नमूना राखेर अरु सबै नष्ट गरिएकाे कँडेलले बताउनुभयो।
जीवजन्तु मरेमा वा मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ। त्यस्तै, तस्करहरुबाट बरामद भएका अंगहरु पनि संकलन हुने गरेका छन्। सरकारले टिकौलीमा वि.सं. २०५४ सालमा केही अखेटोपहार जलाएर नष्ट गरेको थियो। त्यसपछि जम्मा भएका अंगहरु सुरक्षित राखिएका थिए। निकुञ्जका अनुसार विभिन्न जनावरका एक सय ११ थरिका अंग जलाइएकाे हाे। गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु संकलन गरेर नष्ट गरिएको छ। चितवनमा बाघ, गैंडा, चितुवा, भालु, माछा प्रजाति, मृगलगायतका सात प्रकारका जनावरहरुको अखेटोपहार संकलन हुने गरेको छ । जनावरहरुको अखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ ।
बाजुरामा कांग्रेसको वर्चस्व सार १८, २०७४- एमाले मात्रको हैन, स्वमं कांग्रेसको समेत आश विपरित बाजुराका ९ वटा स्थानीय तहमध्ये चारवटा नगरपालिकासहति ६ वटा स्थानीय तहमा कांग्रेस विजयी…Read More