बाजुरामा कांग्रेसको वर्चस्व

भिडियो सहित हेर्नुहोस !
Advertisement


सार १८, २०७४- एमाले मात्रको हैन, स्वमं कांग्रेसको समेत आश विपरित बाजुराका ९ वटा स्थानीय तहमध्ये चारवटा नगरपालिकासहति ६ वटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ ।

बुढीगंगा, त्रिवेणी, बडिमालिका र बुढीनन्दा गरी चारवटैमा कांग्रेसले जितेको हो । बुढीनन्दामा उपमेयर पद गुमाए पनि अन्य तीनवटै नगरमा भने मेयर–उपमेयर पदमा कांग्रेसले जितेको छ । बडिमालिकामा पदम बडुवाल र कविता बिष्ट, त्रिवेणीमा रामसिंह रावल र राधिका सुनार, बुढीगंगामा दिपक बिक्रम शाह र तारा थापा खाती विजयी भएका छन् । बुढीनन्दा नगरपालिकामा भने उपमेयर पदमा एमाले उम्मेदवार सृष्टी रेग्मीले जितेकी छिन् । रेग्मीले कांग्रेस उम्मेदवार रिता शाहीलाई पराजित गरेकी हुन् ।

Related Posts: