आश्विन २१, २०७४-अम्पायर बस्ने क्रममा क्रिकेट बलले लागेपछि शुक्रबार १७ वर्षीय युवक रफिकुल इस्लामको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बलुर माथ मैदानमा शुक्रबार बलले लागेपछि गम्भीर अवस्थामा रहेका उनलाई ढाका मेडिकल कलेज हस्पिटल पुर्याइएको थियो । मैदानमा क्रिकेट खेलिरहेको अवस्थामा अम्पायर बसेका उनलाई छातीमा बलले लागेपछि मैदानमै ढलेका थिए । गरिब परिवारका इस्लामका बुवा रिक्सा चलाउँछन् भने आमा घरेलु मजदुर हुन् । इस्लामको विधि अनुसार शुक्रबार अन्त्यष्टि गरिएको छ । तीन वर्षअघि अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युज्सको पनि यस्तै अवस्थामा ज्यान गएको थियो । अस्ट्रेलियाका लागि २६ टेस्ट खेलेका उनको टाउकोमा बलले लागेपछि मस्तिष्कमा रक्तश्राव भएर मृत्यु भएको थियो ।
माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)काठमाडौँ बाट चितवन तर्फ जादै गरेको बा. ३ ख. ३८ नम्बरको र गोर्खा बाट काठमाडौँ तर्फ जादै गरेको ग. १ ज. ५८७० नम्ब…Read More
बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ। करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु…Read More