२१, २०७४-एक सातादेखि भारतीय जेलमा रहेका सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव शनिवार रिहा भएका छन् । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यवहार न्यायालयमा देवनारायण र उनका छोरा अजयमाथि लगाइएको साधारण अपहरण मुद्दामा शुक्रबार सुनुवाई सकिएपछि शनिवार उक्त न्यायालयले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारयण, उनका छोरा अजय र अपहरित भनिएकी उनकी बुहारी ज्योती कुमारीको शुक्रबार भारतको वीरपुर न्यायालयमा बयान सकिएपछि शनिवार साधारण तारेखमा छोड्ने आदेश भएको भारतीय समकक्षीले जानकारी गराएको बताए । न्यायालयमा देवनारायणको पक्षबाट अधिवक्ता प्रभाकर सिंहले बहस गरेका थिए । अपहरणमा परेको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि उक्त न्यायालयमा आफू अपहरणमा नपरेको बयान दिन धाउँदा धाउँदै ४ दिनपछि शुक्रवार बयान लिएको थियो । आफू अपहरणमा नपरी राजीखुशीले अजयसँग विवाह गरेको ज्योती कुमारीले न्यायालयमा बयान दिएकी छन् । उनले भारतीय पक्षको पूर्वाग्रही पूर्ण मन्सायले आफ्ना ससुरा र पतिलाई एक सातासम्म भारतीय जेलमा बस्नु परेको गुनासो पोखिन् । भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको दाजु संजितकुमार साहले आफ्नी नाबालिका बहिनीलाई अपहरण गरेको उजुरी दिएको थियो । देवनारायणलगायत चार जनामाथि भारतको सुपौल जिल्लास्थित सीमावर्ती कुनौली थानामा गत जेठ २० गते भारतको विहारस्थित कुनौली १ का १८ बर्षीया ज्योती कुमारीलाई सन् २०१७ मे ३१ तारेखमा अपहरण गरेको भन्दै उनका दाजु संजित कुमार साहले उजुरी दिएको थियो । बिरपुर अदालतमा देबनारायण उनका छोरा अजय, ननु यादव र रंजितपुरका दिपक कुमार यादव बिरुद्ध अपहरण मुद्दाको एफआईआर दत्र्ता गरेर देवनारायण बुवाछोरालाई पक्राउ गरि सोमवार भारतको सुपौल जिल्लास्थित बिरपुर जेल चलान गरेको थियो । दशगज्जा क्षेत्रमा रहेको आर्दश ग्रामपञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका अजयलाई रक्सी खाएर होहल्ला गरेको झुठो आरोपमा आइतवार राती भारतीय प्रहरीले पक्राउ गरेपछि सोमवार छुटाउन गएका बाबु देवनरायणलाई समेत पक्राउ गरेको थियो । गत बर्ष भारतीय सुरक्षाकर्मीहरुले दशगज्जा क्षेत्रमा एकतर्फी रुपले बाँधिरहेको बाँध भत्काएर सीमा रक्षाको अगुवाई गरेको रीसइवी साध्न र उनको मनोबल कमजोर पार्न भारतीय प्रहरीले पक्राउ गरेको तिलाठी कोइलाडीबासीको गुनासो छ । बाँध भत्काउने क्रममा भारतीयसँग भएको झडपमा देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचार खर्च सँगै सच्चा राष्ट्रवादीको सम्मान पत्र समेत दिएको थियो ।
देवनारायण पक्राउ परेपछि रिहाईका लागि सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेलगायतका शुरक्षा प्रमुखले उनका परिवाजनलाई सघाएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले यादव बुवाछोराको रिहाईका लागि भारतीय समकक्षीको सहयोगमा छिटो अदालती प्रक्रियामा गएको बताए । ‘आफूहरुको प्रयास र भारतीय समकक्षीले गरेको सहयोगले यादव बुवाछोराको रिहाई भयो,’ उनले भने, ‘आखिर अदालतले सत्य बुझेर रिहाई गरि दियो ।’
चिनियाँ राजदूतले प्रधानमन्त्री भेटिन् (अन्नपूर्ण): नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेकी छन्। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनिया…Read More
कम्युनिस्ट एकताको राजनीतिक तहल्का प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गत साता मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी गठबन्धनका साथै एउटै कम्युनिस्ट पार्टी बनाउ…Read More
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिकादुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्…Read More