भाद्र १०, २०७४- विश्वमा सयौं सहरहरू छन् । तर ती सबै सहररू के साँच्चिकै बस्नलायक छन् ? कि मानिसहरू जेनतेन जीवन निर्वाह गरिरहेका छन् ? बस्नलायकका दृष्टिकोणले विश्वका उत्कृष्ट सहरहरू कुन–कुन हुन् ? इकनमिस्ट इन्टिलिजेन्स युनिटलाई उद्धृत गर्दै सीएनएनको वेबसाइटले लेखेको छ अस्ट्रेलियाको मेलबर्न विश्कै बस्नलायक सहर हो । युनिटले विश्वका १ सय ४० वटा सहरका दिगोपना, स्वास्थ्यसेवा, संस्कृति, वातावरण, शिक्षा र पूर्वाधारहरूको मूल्यांकन गरेर मेलबर्नलाई नम्बर एक घोषणा गरेको हो । उसका अनुसार विश्वका उत्कृष्ट दस सहरहरू : १. अस्ट्रेलियाको मेलबर्न २. अस्ट्रियाको भियना ३. क्यानडाको भ्यानकुभर ४. क्यानडाको टोरन्टो ५. क्यानडाको काल्गरी र अस्ट्रेलियाको अदेलेइद ७. अस्ट्रेलियाको पर्थ ८. न्युजिल्यान्डको अकल्यान्ड ९. फिनल्यान्डको हेल्सिन्की १०. जर्मनीको हेम्बर्ग
पैसा हात पर्ने शास्त्रीय संकेतशास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँल…Read More