चलचित्र पत्रकार संघलाई ५० हजार सहयोग गर्दै चलचित्र “लाउरे” को सुभसाईत सम्पन्न

भिडियो सहित हेर्नुहोस !
Advertisement


इटहरी – दुर्गिश ब्यानर बाट निर्माण गरिने चलचित्र लाउरेको शुभसाइत गरिएको छ । सोमबार राजधानिको कमलादि स्थित गणेश मन्दिरमा पुजाआजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । जेठ २१ देखि फ्लोरमा जाने चलचित्र लाउरेमा धरानको कथालाइ उठाइएको छ ।

ब्रिटीस आर्मिमा जागिर खान गएको एक यूवाको कथा, युवाको माया, दुर्ब्यशन र समस्यालाइ लाउरेमा प्रस्तुत गरिएको छ । चलचित्रलाइ निगम श्रेष्ठले निर्देशन गर्ने भएका छन् भने चलचित्रमा बिक्रम सिं, श्रृष्टी श्रेष्ठ, मिरुना मगर, शैलेन्द्र मल्लको मुख्य भुमिका रहेको छ । साथै यसै चलचित्र बाट गायक नरेन लिम्बु नायकको रुपमा देखिदैछन्, यस्तै कृषा शाहि र बिदेशि कलाकार जेनेट मेरी लेटर को पनि अभिनय रहने छ ।
दुर्गिस फिल्मस्को व्यानरमा दुर्गिस थापाको प्रस्तुति चलचित्र लाउरेमा सुनिल रावल, इश्वर श्रेष्ठ, सुभास लामिछाने, भेषमणि श्रेष्ठ को लगानि रहेको छ । चलचित्रको छायांकार आलोक शुक्ला हुन् ।
उक्त कार्यक्रममा निर्माता सुनिल रावलले चलचित्र पत्रकार संघलाइ रु ५० हजार संघका अध्यक्ष सन्दिप सापकोटालाइ हस्तान्तरण गरेका थिए ।रावल कै निर्माणमा बनेको चलचित्र सायद २ यहि असार ३० बाट प्रर्दशनमा आउदैछ ।

Related Posts: