बेलायतको म्यानचेस्टरमा बम आक्रमण, १९ को मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी : बेलायतको म्यानचेष्टर शहरमा बम आक्रमण हुँदा करीब १९ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । नेपाली समय अनुसार मंगलबार विहान सवा ४ बजे बम विस्फोट भएको हो । म्यानेष्टरमा साङगितिक कन्सर्ट भइरहेको स्थानमा बम आक्रमण भएको थियो । कन्सर्टमा अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।

म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ। आतंकवादी हमला भएको अशंकामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ठूलो आवाजकासाथ शक्तिशाली विस्फोट भएको प्रत्क्षदर्शीले बताएका छन् । एक प्रत्यक्षदर्शीले विस्फोटनका कारण भवनहरु हल्लिएको र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए।

बम आक्रमणपछि म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ। वेलायती प्रधानमन्त्री टरिजा मेले यो डरलाग्दो आतंकवादी आक्रमण हुनसक्ने धारणा व्यक्त गर्दै अनुसन्धान जारी रहेको बताएका छन् ।

Related Posts: