प्रधानमन्त्री प्रचण्डले आज दिऊँसो १ बजे संसदम बिशेष सम्बोधन गर्दै, राजीनामाको सम्भाबना

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, ९ जेठ । प्रधानमन्त्री प्रचण्डले आज व्यवस्थापिका संसदमा बिशेष सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीले सरकारले गरेका उपलब्धि, स्थानीय चुनावको पहिलो चरणको सफलता, संबिधान समशोधनको प्रयास र भावी अवस्थाबारे धारणा राखने बुझीएको छ ।
सम्बोधनसितै प्रधानमन्त्रीले गठबन्धनको राजनीतिक मान्यताप्रति इमानदारिता प्रदर्शन गर्दै राजिनामा दिन सक्ने उच्च सम्भावना रहेको स्रोतले बताएको छ ।

मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनको नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । प्रधानमन्त्रीले राजीनामा दिएपछि अब राष्ट्रपतिले सबैभन्दा पहिले विगतको परम्परालाई समेत आधार मान्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले त्यस्तो सरकार गठनका लागि सात दिनको समयसीमा दिई आह्वान गर्नेछिन्।


Related Posts: