काठमाडौं, ९ बैशाख । राप्रपाकी नेतृ तथा गायिका कोमल वली दाङको तुल्सीपुर उपमहानगरपालिकाबाट मेयरका लागि सिफारिस भएकी छिन् । पार्टीले सिफारिस गरेपनि आफुले निर्णय दिइनसकेको बताएकी छिन् । तर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताएकी छिन् ।
चितवनमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको सभामा बोल्दै उनले पार्टीलाई भोट पनि मागिन् । बोल्ने क्रममा उनले रेडियो नेपाल समाचार वाचन गर्दा माडी बाँदरमुडे घटनाको समाचार पढ्दा डाको छोडेर रोएको समेत सुनाइन् । उनले भनिन् दाङमा रहेको मेरो घरमा बम विस्फोट गराइयो, घर जलाइयो, अहिले दाङ जाँदा बस्ने मेरो घर पनि छैन ।’