कार्तिक २, २०७४-बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।
बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
डिलीट भएका SMS कसरी फिर्ता ल्याउने?आफ्नो जरुरी SMS डिलीट भएमा अब फिर्ता पाउन सक्ने भएको छ। एन्ड्रोइड स्मार्टफोनमा यो सुविधा हुने तर यसको शतप्रतिशत ग्यारेन्टी भने दिन नसकिने बताइएको छ। त…Read More