कार्तिक २, २०७४-महत्वकांक्षी नीतिका रुपमा अस्ट्रेलियाको वर्तमान सरकारले ल्याएको परिवर्तित नागरिकता विधेयक यहाँको सिनेटमा असफल भएको छ । प्रधानमन्त्री माल्कम टर्नबुलको सरकारले विधेयक आप्रवासीहरुलाई नागरिकता लिन कठिन बनाउने गरी ल्याएको थियो ।
हालको प्रावधानलाई व्यापक परिवर्तन गरी कानुनका रुपमा ल्याउन लागिएको विधेयकमाथि छलफल गर्न अध्यागमन मन्त्री पिटर डट्टनलाई सिनेटले बुधबार साँझसम्मको समय दिएका थिए । तर, उक्त समयसीमामा उनले सिनेटमा छलफलका लागि प्रस्तुत नगरेपछि यो विधेयक सिनेटको कार्यसूचीबाट हटाइएको छ । सरकारमा रहेको लिबरलको तल्लो सदनमा बहुमत भए पनि माथिल्लो सदनमा बहुमत छैन । सरकारले लामो समयदेखि उक्त विधेयकमाथि सहमति जुटाउन प्रयास गरे पनि सपल नसकेपछि सिनेटमा छलफलमा प्रस्तुत नगरी फिर्ता लिइएको हो । विपक्षी दल लेबर, ग्रिन र निक जेनोफोनको एनएक्सटी पार्टीले यो विधेयक आप्रवासीको हितमा नहुने भन्दै समर्थन गरेका थिएनन् । अध्यागमन मन्त्री डट्टनले विधेयकलाई केही समयपछि पुन: सिनेटमा प्रस्तुत गर्ने बताएका छन् । अस्ट्रेलियामा नागरिकता लिन सामान्य परीक्षा दिनुपर्छ भने स्थायी बासिन्दाको अनुमति (पीआर) पाएको एक वर्ष र लगातार चार वर्ष बसिसकेपछि नागरिकताका लागि आवेदन दिन पाउने प्रावधान छ । उक्त प्रावधानलाई व्यापक परिवर्तन गर्दै केही महिनाअघि कडा किसिमको परीक्षालगायत प्रावधानसहित विधेयक अघि बढाइएको थियो । जसमा शैक्षिकस्तरको अंग्रेजी परीक्षा दिनुपर्ने, पीआर पाएको ४ वर्षपछि मात्र नागरिकताका लागि आवेदन दिन पाउनेलगायत प्रावधान विधेयकमा थिए
एसईई परीक्षाको नतिजा असर पहिलो साता काठमाडौं । परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।जेठ…Read More
आयोग विरुद्ध अदालत जाने, संसद चल्न नदिनेप्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुरको विवादित वडामा पुन: निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयले कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै त्य…Read More