मलेसियाको ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


आश्विन २८, २०७४-चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन ।
गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय मलेसियामा दु:खको अँध्यारो गर्तमा बिताएका गुल्मीका राजन थापा, ३७ लाई यस्ता कुराको ‘छु मतलब’ । क्वालालम्पुरबाट करिब ३० किलोमिटर परको ग्यान्टिङ हाइल्यान्डको सानो पहाडी थुम्कोमा करिब १५ वर्षयता पहाड खोस्रिरहेका उनलाई दायाँ–बायाँ सोच्ने त फुर्सदै छैन । उनी जहाँ बस्छन्, त्यहाँबाट आकाश खुला भएका बेला नियालेर हेर्‍यो भने क्वालालम्पुरको छेउछाउमा अग्लिरहेका अट्टालिकाहरू देख्न सकिन्छ । तर पहाडको उचाइमा बसेर हेर्दा ती सबै होचा र पुड्का लाग्छन् । आफ्नै दु:खको अग्लो पहाडमा उभिएपछि पराई देशको विकास र चमकधमकजस्तो लागे पनि के

Related Posts: