एक वर्षभित्र विराटनगर धुँवा धुलो मुक्त हुन्छ : मेयरका उम्मेदवार

भिडियो सहित हेर्नुहोस !
Advertisement


विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवारहरुले विराटनगरलाई एक वर्ष भित्रमा धुँवा र धुलो मुक्त बनाएर छाड्न प्रतिवद्धता जनाएका छन् ।

जनप्रतिनिधि नहुँदा विराटनगरवासीले निकै समस्या खेप्नु परेको भन्दै उनीहरुले एक वर्षभित्रमा विराटनगर निकै अघि वढ्ने जनाएका हुन ।

विकल्प एण्ड अल्टरनेटिभ र समृद्धि फाउण्डेसनको आयोजनामा विराटनगर मेयर वहस कार्यक्रममा मेयरका उम्मेदवारहरुले सो प्रतिवद्धता जनाएका हुन ।

नव मतदाता वीच उम्मेदवारहरुलाई राखेर गरिएको कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार भीम पराजुलीले एक वर्ष भित्रमा विराटनगरको विकासले निकै फड्को मार्ने बताए ।

आफुसँग पुरा गर्न नसकिने कार्यक्रम नरहेको भन्दै उनले ‘जे वोल्छु गरेरै छाड्छु’ भने । नगरवासी विभिन्न समस्याले प्रताडित रहेको भन्दै एक सय दिन भित्रमा जनताले महसुस हुने खालको काम गरेर देखाउने उनले दावी गरे ।

एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद ढकालले विराटनगरलाई मेघा सिटीका रुपमा विकास गर्न चाहेको बताए । उनले विराटनगरलाई भारत मात्रै नभएर चीन र भुटानको पनि व्यापारिक केन्द्रविन्दु बनाउने बताए ।

जनताले विकास चाहेकाले ५ वर्षभित्रमा विराटनगरलाई देशकै उत्कृष्ठ शहर बनाउने बताए । राप्रपाका तर्फबाट मेयरका उम्मेदवार प्रल्हाद साह र संघिय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवार उमेश यादवले विराटनगरलाई धुँवा धलो मात्रै नभएर खाल्डा खुल्डी मुक्त गरिने बताए ।

उनले विराटनगरलाई समृद्ध शहरका रुपमा विकास गरिने दावी गरे । नव मतादाताहरुलाई निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने धारणा बनाउन सहयोग मिलोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सर्वज्ञराज पाण्डेले बताए ।

कार्यक्रममा विराटनगरभरिका झण्डै दुईसयको संख्यामा यूवाहरुको सहभागिता रहेको आयोजक संस्थाका पुनम गिरीले जानकारी दिए । कार्यक्रमको सहजीकरण वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले गरेका थिए ।

Related Posts: