४ साउन, झापा । नेपाली पक्षले कागजी प्रक्रिया पूरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले ‘सर्भर बिगि्रएको’ भन्दै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । राजु अधिकारीको बाइलाइनमा प्रकाशित समाचार अनुसार भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेचीनगर भन्सार कार्यालय परिषरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् । मंगलबर दिनभर नै ट्रक थपिने क्रम जारी रहृयो । तर भारतीय पक्षले निकासी प्रक्रिया अगाडि बढाउन इच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किएका अदुवा कुहिने अवस्थामा पुगेको छ ।
‘३५ वटाभन्दा बढी ट्रक यहाँ थन्किएको १० दिन भयो’, सात दिनदेखि नाकामा अलपत्र ट्रक चालक दीपक तामाङले भने, ‘धेरै ट्रकको अदुवा कुहिन थालेको छ, बाहिरैसम्म गन्हाउन थालिसक्यो ।’
किन विषालु बन्यो रामकृष्णको ‘जजमेन्ट’ ?यतिबेला आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाललाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टरा…Read More
देउवाले साँचो बोले भाद्र १२, २०७४- प्रधानमन्त्रीले आन्तरिक मामिलामा हस्तक्षेप हुने संविधान संशोधन गर्छु भनेर भारतमा भनेका हुनाले देशको ठाडो भइरहेको शिर एकाएक निहुरियो भ…Read More