१३ भदौ, काठमाडौं । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । समाजकल्याण परिषदको नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो भाडामा दरमा लिएर सांसद् टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् । मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद् गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गालाई मासिक ५ लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा ०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार रुपैयाँ बढाएर भाडामा लिएका थिए । उक्त जग्गामा बालबालिका खेल्ने, घुम्ने, रोटेपिङ, पसल, हर्स राइडिङ, रेष्टुरेन्ट, साना चलचित्र घरलगायत छन् । गुरुङले ती संरचनाको थप भाडा तिर्नुपर्दैन । शनिबार र बिदाका दिनमा यहाँ हजारौं बालबालिका मनोरञ्जन लिन आउँछन् । त्यहाँभित्र विभिन्न खेल खेल्दा निकै महँगो शुल्क तिर्नुपर्छ ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्योचितवन, १६ भदौ । अथक प्रयासपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार अबेर रातिदेखि एकतर्फी खुलेको छ । सडक खुलेपनि जाम भने यथावत रहेको छ ।बुधवार राति परेको प…Read More
आजको सुनको मूल्य कति छ , आयो खबरभाद्र १६। साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले …Read More