गाँजासहित पक्राउ परे आमाछोरा : प्रहरी आफैं बन्यो ग्राहक

भिडियो सहित हेर्नुहोस !
Advertisement


निकेश खनाल
महोत्तरी - महोत्तरीको बर्दिबास ४ बाट प्रहरीले एक महिलासहित एक पुरुषलाइ पक्राउ गरेको छ ।
घरबाटै पक्राउ
विशेष सुराकीको आधारमा बर्दिबास ४ बस्ने ४५ बर्षकी गँगादेवी महतो र उनका २३ बर्षका छोरा शँकर महतोलाई दुई किलो सात सय ग्राम तयारी गाँजा र एक किलो पाँच सय ग्राम अवैध कच्चा गाँजा सहित घरबाटै पक्राउ गरेको हो ।
-घरबाटै गाँजाको बिक्री गरेको थाहापाएपछि प्रहरीले उनको घरमा एक सय रुपैयाँको गाँजा किन्न पठाएको थियो ।
-सिभिल ड्रेसमा गएका प्रहरीलाई गाँजा बेच्न खोज्दा उनीहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ ।

-पक्राउ पर्ने दुवै जनालाइ कार्यलयले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Posts: