सडक सुरक्षा र जेब्राक्रसिङ

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रावण ४, २०७४- सडक दुर्घटनामा विश्वमा हरेक वर्ष १३ लाख मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष सडक दुर्घटनामा करिब दुई हजार जनाले ज्यान गुमाउँछन् । सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा काठमाडौँ उपत्यकामा सडक दुर्घटनामा मृत्यु भएका १४८ मध्ये ६५ जना अर्थात ४४ प्रतिशत पैदलयात्रु थिए । 
चाहे जेब्राक्रसिङमा होस्, चाहे सडक पेटी, राजधानीका सडक प्रयोग गर्ने यात्रु सुरक्षित छैनन् भन्ने यो तथ्यांकले बुझाउँछ । नेपालमा प्रति १० हजार सवारी साधन १० जना हाराहारीको मृत्यु सडक दुर्घटनाबाट भैराखेको छ । विकसित देशमा भने प्रति–दस हजार सवारी साधनमा १ देखि २ जनाले मात्र ज्यान गुमाएको पाइन्छ ।

Related Posts: