विभागद्वारा चारवटा इन्जिन र १८ वडा डब्बाका लागि ३ अर्ब रुपैयाँ माग बिजुलपुरा–जनकपुर–जयनगरमा कुदाइने, रेल्वे सुरुमा ५२ किमी लामो श्रावण ४, २०७४- सरकारले बर्दिवासभन्दा केही पर बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेल्वे विभागले सरकारसंग तीन अर्ब रुपैयाँ माग गरेको छ ।
रेलवे विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पहिलो चरणमा यात्रुवहाक र मालवहाक रेलका दुई/दुई वटा इन्जिन र १८ वटा डब्बा खरिदका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्नेछ । ‘हामीले अनुमानित लागत तयार गरी सरकारसंग (भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय) रकम माग गरेका छौ,’ उनले भने ।