BREAKING NEWS>>> सिडिओको निर्देशनमा लेखापढी व्यवसायी कुटिए

भिडियो सहित हेर्नुहोस !
Advertisement


जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईको निर्देशनमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापढी व्यवसायी कुटिएका छन्प्रमुख जिल्ला अधिकारी चापागाईले लेखापढी व्यवसायीलाई आफ्नो कार्यकक्षमा बोलाएर आफ्ना सुरक्षा गार्डलाई परिचालन गरी अपशब्द प्रयोग गर्दै कुटपिट गरेको व्यवसायीले बताएका छन्।

प्रजिअ चापागाईले सेवाग्राहीसंग अतिरिक्त रकम असुल गर्ने लेखापढी व्यवसायीलाई आफूले कारवाही गरेको प्रतिक्रिया दिनु भएको छ। बिहीबार प्रजिअ चापागाईले कार्यालयमा कार्यरत लेखापढी व्यवसायीलाई एक एक गरी आफ्नो कार्यकक्षमा बोलाउनु भएको थियो।
नागरिकता, पार्सपोटसहितका फर्म भर्ने सेवाग्राहीसंग किन अतिरिक्त रकम लिएको भन्दै उनले एक दर्जनभन्दा बढी लेखापढी व्यवसायीलाई कुटपिट गरेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति धनुषाका पूर्व अध्यक्ष सुनिल कर्णको भनाइ छ।

Related Posts: