हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
काठमाडौँबाट चितवन जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट हुग्दी खोलाको पुलबाट खसेको इलाका प्रहरी कार्यलय जोगीमाराले जानकारी दिएको छ । मृत्यु हुनेमा ट्रक चालक गढिमाई–१ बाराका ४५ वर्षीय नरबहादुर खत्री, सहचालक पर्सा ठोरीका २६ वर्षीय जीवन लामा र नुवाकोट घर भएकी १७ वर्षीय सन्जु राई रहेका छन् ।
सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो , लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम…Read More