हिन्दू नेपालीहरुको दोस्रो मुख्य पर्व तिहार अन्तर्गत आज लक्ष्मी पूजा । यस दिन धनधान्यकी देवी लक्ष्मी धर्तीमा आउने धार्मिक व्याख्या छ ।
धनधान्यकी देवीलाई प्रशन्न गर्न सकेको खण्डमा लक्ष्मीले धन वर्ष गर्ने र आर्थिक रुपमा कुनै कमी नहुने जनविश्वास छ । जसका कारण मानिसहरुले घरको सरसफाइ गरेका छन् भने घरमा झिलिमिलि बत्तिहरु राखेका छन् । दीप प्रज्वलन गरेका छन् जसले गर्दा लक्ष्मी प्रशन्न हुनसकुन् ।
तर केही यस्ता कार्यहरुबारे धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ जसका कारण धनधानन्यकी देवी रिसाउने छिन् । लक्ष्मी पूजाको दिनसमेत विहान ढिला सम्म सुत्नु नकारात्मक कुरा हो । यो दिन व्रम्ह मुहुर्तमा उठेर नुहाइ धुवाइ गरे लक्ष्मी प्रसन्न हुेनछिन् ।
लक्ष्मी पूजाको दिन साँझमा सुत्नु भनेको दरिद्रतालाई बोलाउनु हो । त्यस्ता व्यक्तिलाई मात्र सुत्ने अधिकार छ जो विरामी र अशक्त छन् । लक्ष्मीले यस्तो देखेका उनी रिसाएर फर्कने र घरमा आर्थिक लाभ नहुने विश्वास गरिन्छ । जो नशामा रहन्छ उनीहरुलाई समेत यस दिन नशा वर्जित गरिएको छ । कुनै पनि नशाको प्रयोग गर्नाले घरमा गरिबी र दरिद्रता आउने छ ।
घरको सफाइ गर्न भुलिएको खण्डमा पनि प्रशन्न हुने छैनन् । धार्मिक मान्यता अनुसार जहाँ सफा छ त्यहाँ मात्र लक्ष्मीको बास हुन्छ । घरमा रंगेली बनाउनु, द्वारहरुमा फुलले सजाउने आदी काम गर्दा लक्ष्मी प्रशन्न हुनेछिन् र धन वर्षा गर्नेछिन् ।
वाणीमा नियन्त्रण र रिस रागमाथिको नियन्त्रणले पनि लक्ष्मी प्रशन्न हुने धार्मिक विश्वास छ ।
अमेरिका होइन, युएई आउनुस् असार २८, २०७४-तपाईं अमेरिका जान सक्नु भएन ? तपाईं युरोप जान सक्नु भएन ? जापान जान सक्नु भएन ? दलालले पैसा खायो ? हातमा सीप, क्षमता र योग्यता छ ? अमेर…Read More