दीपावली अर्थात् उज्यालोको उत्सव मनाउने दिन । प्रियजनसँग खुशी बाँड्ने दिन । दीपावलीमा भगवती लक्ष्मी र श्रीगणेशको पूजा किन गरिन्छ ? के छन् यसपछाडिका मान्यता र कथाहरू ? आउनुस् यसबारेमा चर्चा गरौं ।
हिन्दू परम्परा अनुसार ऋद्धि सिद्धिका अधिपति श्रीगणेश र धनसम्पत्तिकी अधिष्ठात्री देवी लक्ष्मीको अनुकम्पा प्राप्त भएपछि व्यक्तिको जीवन धनधान्य तथा श्रीसम्पत्तिले पूर्ण हुन्छ । श्रीगणेश बुद्धिप्रदाता हुनुहुन्छ । अनि उहाँले सम्पूर्ण विघ्नबाधा विनाश गर्नुहुन्छ । व्यक्तिका साथ धनसम्पदा अर्थात् लक्ष्मी छ तैपनि बुद्धिको अभाव छ भने सम्पत्तिको उपयोग गर्न सक्दैन ।
त्यसैले धनी व्यक्ति बुद्धिमान र विवेकपूर्ण हुनु आवश्यक छ । भगवान् गणेशको ठूलो पेट सम्पदाको प्रतीक हो र सुँढले कुशाग्र बुद्धिको प्रतीक हो । उहाँको पूजन गर्दा संकटबाट मुक्ति पाइन्छ । किन मनाइन्छ दीपावली ? कात्तिक महिनाको औंसीका दिन यो पर्व मनाइन्छ । दीपावलीको शाब्दिक अर्थ हो दियोहरूको पंक्ति । आफ्नो घरवरपर लहरै दियो बालेर अन्धकार हटाउनका लागि यो पर्व मनाइन्छ । सत्यको जीतलाई पनि यसले प्रतीक बनाएको छ । रावणमाथि विजय प्राप्त गरेर भगवान् श्रीराम अयोध्या फर्किनुभएपछि अयोध्यावासीले दियो बालेर खुशी मनाएका थिए । त्यसैले यस दिन उत्सव मनाउने खुशी बाँड्ने काम गरिन्छ । देवी लक्ष्मी सम्पत्ति तथा समृद्धिको स्वामिनी हुनुहुन्छ । देवता र दैत्य मिलेर प्राचीनकालमा समुद्र मन्थन गर्दा क्षीरसागरबाट लक्ष्मीपूजाकै दिन देवी लक्ष्मी प्रकट हुनुभएको मान्यता पनि छ । त्यसैले उहाँको जन्मदिनमा दीपावली मनाइन्छ ।
कमल थापासहित चार मन्त्रीले लिए शपथ आश्विन २८, २०७४-उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथ लिएका छन् । शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित …Read More