श्विन २८, २०७४-कान्तिपुरकर्मी दामोदर न्यौपाने चौथो कृति ‘स्वर्णिम समय’सहित आएका छन् । केही हप्ता अघि मात्रै बालमनोविज्ञानसँग सम्बन्धित ‘ट्यालेन्ट शो’ सार्वजनिक गरेका उनको चौथो कृतिमा विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका साहित्यकार, राजनीतिज्ञ, प्रशासक, चिकित्सक, व्यवसायी, शिक्षक, संगीतकर्मी एवं समाजसेवीका बाल्यकालका अनुभूति समेटिएको छ । कृतिको शनिबार शिल्पी थिएटरमा वरिष्ठ कथाकार माया ठकुरी, राजनीतिज्ञ नयनबहादुर स्वाँर, समालोचक कृष्ण प्रसाद गौतम, सञ्चारकर्मी हरिहर विरही र अञ्जु भट्टराईले शनिबार बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा लोकार्पण गरेका हुन् ।