काठमाडौं, ४ वैशाख । आफ्नी छोरी उम्मेदवार भएको चितवनमा स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन जाँदैछन् ।चितवनको मतपरिणामलाई लिएर अनेकाथरी टिकाटिप्णी भइरहेका बेला प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन् ।
उनी कृषि तथा वन विश्व विद्यालयको केद्रीय कार्यालयको भवन उद्धघाटनका लागि चितवन जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, उनको चितवनयात्रालाईं धेरैले मतगणनासँग जोडेर हेरेका छन् ।चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणुले अतिकम मत ल्याएपछि अनेक तर्कवितर्क भइरहेका बेला उनी चितवन जानुलाई चासोपूर्वक हेरिएको छ ।
चितवन—प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन। पछिल्ला परिणामहरुमा प्रधानमन्त्री पुत्री दाहाल निरन्तर पछि परिरहेको अवस्थामा मतगणना सार्वजनिक गर्न बन्द गरिएको हो। बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। उपमेयरमा एमालेकी दिव्य शर्मा ६६८५ मत पाएकी थिइन्। काँग्रेसकी पार्वती शाहले ६२४६ मत पाएकी थिइन्। प्रधानमन्त्री पुत्री मतगणनाको सुरुदेखि नै एमाले उम्मेदवारभन्दा पछाडि छिन्।
सूचना लुकाउने नियतप्रति सञ्चारकर्मीले विरोध जनाएका छन्। उनीहरुले मतगणनास्थल बाहिर नाराबाजी गर्दै परिणाम सार्वजनिक गर्न माग गरेका छन्।भरतपुरमा काँग्रेस र माओवादीबीच चुनाबी तालमेल भएको थियो। मेयरमा काँग्रेसले माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको थियो। मेयर पदका लागि उम्मेदवारबिनाको रुख चिन्हमा प्रशस्त छाप लागेको भए पनि त्यसलाई गोप्य राखिएको छ।
आयोग विरुद्ध अदालत जाने, संसद चल्न नदिनेप्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुरको विवादित वडामा पुन: निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयले कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै त्य…Read More
नेपालको विकासमा कोरियाली मोडेलनेपालसँग कुनैबेला समान आयस्तर भएको दक्षिण कोरिया अहिले एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जन…Read More